चिनियाँ राष्ट्रपति चिनफिङबाट स्वागत

April 28, 2019

एटुजेट अनलाइन खबर

बेइजिङ, वैशाख १५ – चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आउनुभएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरूलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३५ किलोमिटर पर रहेको उक्त सम्मेलन केन्द्रमा आइपुग्ए ।

बेइजिङको बाहिरी भागमा यान्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रूपमा लिइन्छ ।