‘क्यूट’ मलिका

चैत १६, २०७५

एटुजेट अनलाइन

काठमाडौं, चैत १६ – सानैबाट अभिनयमा रुची भएतापनि नव–नायिका मलिका महत्तलाई यति चाडै नायिका बन्छु भन्ने लागेको थिएन । तर, चलचित्र ‘यात्रा’ले उनको करिअरमा नयाँ यात्राको सुरुवात गरिदिएको छ । मलिका नेपाली चलचित्र क्षेत्रमा भित्रिएसँगै उनलाई ‘क्यूट हिरोइन’ भन्नेहरु पनि धेरै छन् । उनी आफूले नै आफूलाई यसरी मुल्यांकन भने नगर्ने बताउँछिन् ।

चलचित्रमा उनी दुबै आँखा देख्न नसक्ने यूवतीको भूमिकामा छिन् । मलिका आफूलाई यो भूमिकामा काम गर्न अप्ठ्यारो लागेपनि चुनौती भने लिन तयार भएको सुनाउँछिन् ।