सुडानका अपदस्थ राष्ट्रपतिको पहिलो सुनुवाई नै स¥यो

साउन १५, २०७६

एटुजेट अनलाइन खबर

खार्टुम, असार १५ राजनीतिक सङ्कटमा फसेको सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको पहिलो सुनुवाई नै पछाडि सरेको छ । भ्रष्टाचारलगायत उनका विरुद्धमा लागेको आरोपमाथि बुधबार सुनुवाई गर्ने तय भएकोमा पछाडि सारिएको हो ।

 

उनीलाई भ्रष्टाचारसँगै विदेशी मुद्राको अपचलन गरेको, गैरकानुनी सम्पत्ति आर्जन गरेकोलगायतका आरोप लगाइएको छ । सुरक्षाका कारणले उनीलाई आज अदालत लैजान नसकिएको हो,’ बसिरको सुरक्षा टोलीका प्रमुख अहमद इब्राहिम अल ताहिरले बुधबार पत्रकारहरुसँग भने ।

 

उनले थप्नुभयो, ‘बसिरको सुनुवाई आज नभएपछि आगामी अगस्ट १७ तारिखका दिन गर्ने गरी तय भएको छ ।सुडानमा केही महिनादेखि भएको आन्दोलनको आडमा सेनाले उनीलाई अपदस्थ गरेर सत्ता हातमा लिएको छ । सेनाले सत्ता लिए पनि आन्दोलन चर्किँदै गएपछि अहिले सेना र नागरिकको सहभागितामा संयुक्त सरकार बनाउने गरी वार्ता तथा छलफल भइरहेका छन् ।

 

आन्दोलन गरेका केही समूहले सैन्य शासकसँग सम्झौता गरेर सत्तामा जाने तयारी गरे पनि केही समूहका नेताहरु भने असन्तुष्ट देखिएका छन् । अहिले असन्तुष्ट पक्षलाई पनि समेटेर राजनीतिक सङ्कट न्यूनीकरण गर्दै लैजाने प्रयास भइरहेको समाचारमा जनाइएको छ ।