पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछाने, युवराज कँडेल र अस्मिता (रुकु) कार्की पक्राउ

साउन ३०, २०७६

एटुजेट अनलाइन खबर

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ। बिहिबार साँझ प्रहरीले लामिछाने र कँडेललाई न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। 

केही दिनअघि चितवनमा आत्महत्या गरेका पुडासैनीले लामिछाने र कँडेलको कारण आफु मर्नु परेको भन्दै हिजो भिडियो सार्वजनिक भएको थियो । मृतक पुडासैनीले नाम लिएका अर्की एक नर्स अस्मिता (रुकु) कार्कीलाई पनि प्रहरीले आज दिउँसो पक्राउ गरेको थियो।