वासना

भदौ १८, २०७६

शरद अधिकारी

बिहानको नित्यकर्म सकेर चिया पकाउँदै गर्दा आर्यनको मोबाइल बज्यो । उसले हत्तपत्त मोबाइल हेर्याे । अपरिचित नम्बरबाट फोन आएको रहेछ । उसले फोन रिसिभ गर्याे।

‘हेलो ।’ अपरिचित केटीको आवाजले ऊ झसंग भयो ।‘को बोल्नुभयो ?’ आर्यनले जवाफ फर्कायो ।  ‘म संगीता । तिम्रो नयाँ साथी क्या !’‘कहाँको साथी ? मैले चिनिनँ नि ?’‘म काठमाडौंबाट हो । तिम्रो साथी बन्न चाहेर फोन गरेकी ।’‘कहाँबाट पाउनुभयो मेरो नम्बर ?’‘तिमी मसँग फ्रेन्डसिप गर्ने की नाई ? अनि बल्ल भन्छु,’ संगीताले भनिन् ।
‘हुन्छ ।’‘ल ल बाइ ।’ संगीताले फोन राखिन् ।

बिहानको घटनाले आर्यन बेचैन भएको थियो । ऊ दिनभर युवतीबारे सोच्न थाल्यो । फोन गर्ने को होला ? किन गर्याे होला ? आर्यन साँझ खाना खाएर सुत्न के लागेको थियो । उसको मोबाइलमा म्यासेज आयो ।‘खाना खायौं ? के गरिरा’को हो नि ?’ म्यासेज गर्ने तिनै युवती थिइन् ।‘अँ खाएँ । अनि तिमीले नि ?’ आर्यनले जवाफ दियो ।

उनीहरूले राति १२ बजेसम्म म्यासेज आदानप्रदान गरे । त्यसपछि उनीहरूबीच दैनिक कुराकानी हुन थाल्यो । त्यो क्रम लामो समयसम्म चल्यो ।  उनीहरूको दैनिक एकपटक अनिवार्य कुरा हुन्थ्यो । तर, अचानक संगीता सम्पर्कविच्छेद भइन् । आर्यनले फोन गर्ने प्रयास गर्याे । तर, उनको फोन स्विच अफ थियो ।

झन्डै पाँच महिनापछि संगीताले आर्यनलाई फोन गरी । तर, आर्यनले रिसाएर फोन काट्यो । संगीताले पुनः फोन गरी । तैपनि उसले फोन उठाएन ।आर्यनको फोन नउठेपछि संगीताले म्यासेज पठाइन्– ‘आर्यन, किन कुरा नगरेको ? आइ मिस यु सो मच ।’लगत्तै अर्काे म्यासेज आयो– ‘आइ एम सो सरी, मोबाइल बिग्रेर तिमीसँग सम्पर्क गर्न पाएको होइन क्या ।’  ‘इट्स ओके । आज कहाँबाट सम्झ्यौं नि ?’ आर्यनले रिप्लाइ गर्याे ।

संगीताले आर्यनलाई फोन गरिन् ।‘घरायसी समस्याले तिमीलाई फोन गर्न सकिनँ । थाहा छ, तिमीलाई फोन नगरे पनि नसम्झेको दिन नै थिएन ।’त्यसपछि उनीहरूको फोन–वार्ता बाक्लियो ।उसलाई डर थियो– कतै संगीताले मन नपराउने हो कि ?संगीताको व्यवहारले ऊ पनि उसलाई माया गर्छे भन्ने आर्यनलाई लागेको थियो ।उनीहरू दैनिक घन्टौं बिताउँथे । कक्षा १२ को परीक्षा नजिकियो । परीक्षाको बेला आर्यन पढाइमा अलि बढी चासो राख्न थाल्यो ।परीक्षा सकिएपछि भेटघाट गर्ने कुरा भयो । तर, भेटघाट सम्भव थिएन । किनकी आर्यन नेपालगन्जमा बस्थ्यो भने संगीता काठमाडौं।

उनीहरूको दैनिक फोनमा कुराकानी हुन्थ्यो । लामो समय बित्दा पनि कसैले मायाको प्रस्ताव गरेनन् ।
कुरा चलिरहेकै क्रममा एक दिन आर्यनले सोध्यो, ‘तिमीले मेरो नम्बर कहाँबाट पाएका थियौं ?’‘साथीको मोबाइलबाट चोरेको थिएँ,’ एकछिन मौन हुँदै संगीताले जवाफ फर्काइ । ऊ तिम्रोबारे धेरै कुरा गरिरहन्थी । त्यसपछि तिमीलाई साथी बनाउने इच्छा लाग्यो । र, तिम्रो नम्बर मागेँ ।‘तर, उसलाई यसबारे केही थाहा छैन । उसलाई नभन्नु है प्लिज ।’‘को साथी हो ?’ आर्यनले सोध्यो ।  ‘रानी ।’

‘अनि थाहा छ, म बस्ने तिम्रो साथीको घरनिर हो नि ।’ संगीताले विषयवस्तु मोड्न खोजी ।‘म चितवन जान्छु । तिम्रो आफन्तको बिहेमा । तिम्रो साथीले मलाई लैजाने रे !’‘तर, तिमी आउँछौं कि नाइ ?’ संगीताले प्रश्न गरी ।‘हेरौं, समय मिल्यो भने आउँछु,’ आर्यनले जवाफ दियो ।‘मेरा लागि भए पनि आउनुपर्छ है ।’ संगीताले भनी ।

फोनवार्ता सकिएपछि आर्यन निकै उत्सुक भएको थियो ।ऊ बिहेमा जान निकै उत्सुक थियो । किनकि संगीतासँग उसको भेट हुनेवाला थियो । ऊ बिहेको दिन कहिल्यै आउँला भनेर सोच्न थाल्यो ।सोही राति संगीताले आर्यनलाई म्यासेज पठाई– ‘आई वान्ट टु सि यु, प्लिज कम फास्ट ।’आर्यनले म्यासेज पढेर तुरुन्तै रिप्लाई गर्याे– ‘आई अल्सो ।’ त्यसपछि उनीहरू भोलिपल्ट चितवनको नारायणगढमा भेट्ने कुरा गरी सुते ।

आर्यन भोलिपल्ट खाना खाएर चितवन यात्रामा हिँड्यो । साँझ चितवनमा पुगेर संगीतालाई फोन गर्याे । उसलाई लिन संगीता र रानी बसपार्क आएका थिए । अब भने उनीहरूको भेटघाटमा दूरीले तगारो गरने । उनीहरूबीच भेटघाट भयो ।सुन्दर अनुहार । चिटिक्क जिउडाल । संगीताको रूपमा मोहित नहुने कोही थिएनन् । आर्यन पनि संगीताप्रति मोहित भइसकेको थियो । तर, उसले संगीतालाई आफ्नो मनको कुरा भन्न सकेको थिएन । कुरा गर्दागर्दै उनीहरू घर पुगे ।

तीन वर्षपछि भेटेका आर्यन र संगीताले धित मरुञ्जेल कुरा गरे । एक–अर्कालाई आफ्ना चाहना र उद्देश्य बताए ।
उनीहरू समय र मौका मिल्नासाथ कुरा गरिरहन्थे । विवाहको दिन नजिकिँदै थियो । उनीहरू सधैँ भेटेर कुरा गर्न पाउँदा उनीहरू दंग थिए । दुवैको मनमा एक–अर्काप्रति माया पलाइसकेको थियो । तर, उनीहरूले मनको कुरा भने साटेका थिएनन् ।बिहेको साँझ संगीताले आर्यनलाई प्रेम प्रस्ताव गरी,‘आइ लभ यु ।’आर्यन खुसी हुँदै प्रतिक्रिया जनायो, ‘रियली ! जोक गरेको हो ?’

‘रियली, आई लभ यु सो मच । तर, तिमी मलाई मन पराउँछौं भने म आइ लभ यु भनेको सुन्न चाहान्छु ।’
आर्यन संगीताको सामुन्ने आउँछ । ‘आई लभ यु संगीता ।’‘तिम्रो मलाई माया गर्लाऊ भन्ने मलाई विश्वास नै थिएन । आइ लभ यु टु, आर्यन ।’  ‘आइ लभ यु टु मच । आइ स्टे हियर ओन्ली फर यु ।’भोलिपल्ट बिहे घरबाट बिदा भएर उनीहरू आ–आफ्नो गन्तव्यतर्फ लागे । संगीता काठमाडौंतर्फ लागिन् भने आर्यन नेपालगन्ज।

केही समयपछि आर्यन स्नातक पढ्न काठमाडौं आयो । र, आफू काठमाडौं पढ्न आएको संगीतालाई जानकारी गरायो । भोलिपल्ट दुवै जनाको भेट भयो । त्यसपछि उनीहरू दैनिक भेटघाट गर्न थाले । उनीहरूले स्नातक पढाइ सकेर बिहे गर्ने बाचा गरे । परीक्षाका बेला भने उनीहरूको फोन वार्ता कम हुन्थ्यो ।भ्यालेनटाइन दिन संगीताले आर्यनलाई भेट्न बोलाइन् । तर, आर्यनले संगीतालाई भेट्न सकेन । ऊ घरायसी कामले नेपालगन्ज गएको थियो।

आर्यन र संगीताकी साथी रानीलाई पनि यी दुवैको प्रेमबारे थाहा थियो । ऊ आर्यनलाई संगीताबारे केही भन्न चाहन्थी । एक दिन रानीले आर्यनलाई भेट्न बोलाई ।‘तेरो र संगिताको बीचमा के चलिरा’छ ?’ रानीले आर्यनलाई सोधी ।
‘केही होइन, साथी मात्र हो ।’‘मलाइ तिमीहरूको सम्बन्धबारे सबै थाहा छ । त्योसँग सम्बन्ध अगाडि नबढा है ।’आफ्नो मिल्ने साथीले संगीताको बारेमा यस्तो कुरा गरेपछि ऊ अचम्म पर्यो ।‘संगीतासँग १० वर्षदेखि संगत गरिरहेको छु । त्यसैले संगीतालाई छाडीदेऊ ।’

तर, आर्यनलाई रानीको कुरामा विश्वास लागेन । उसले संगीतासँगको सम्बन्ध निरन्तर चलाइराख्छौं ।
त्यसको केही महिनापछि संगीतालाई अर्कैसँग अँगालोमा देख्यो । उसले बेलुका संगीतालाई फोन ग¥यो । संगीताले आफू दिनभर घरमै रहेको बताइन् । त्यसपछि आर्यनलाई संगीताप्रति शंका उब्जियो । त्यसपछि पनि आर्यनले संगीतालाई केटाहरूसँग देख्यो ।आफ्नी प्रेमिका अर्केको अँगालोमा देखेपछि आर्यनलाई निकै रिस उठ्यो । तुरुन्तै संगीताकहाँ गयो । संगीताले आफूसँग भएको केटा साथी भनेर परिचय गराइन्।

एक दिन संगीतालाई सर्पराइज दिने आर्यन संगीताको कोठामा गयो । त्यहाँ संगीता अर्कैको अँगालोमा देखेपछि आर्यन छाँगालाई खसेजस्तो भयो । ऊ त्यहाँबाट फर्कियो ।पछि उसले संगीताको चार जनासँग अपयेर चलेको थाहा पायो । संगीता आफ्नो वासना तृप्त गर्न केटासँग प्रेमको नाटक गर्ने थाहा पाएर ऊ दुःखी भयो । ‘कस्तो केटीसँग प्रेम गरेछु,’ उसले मनमनै सोच्यो ।रानीको कुरा नसुनेकोमा उसलाई पछुतो पनि लाग्यो । तर, ढिलो भए पनि संगीताको बारेमा थाहा पाएकोमा ऊ खुसी नै थियो ।