‘डेड शुक्रवीर’उपन्यास लोकार्पित

भदौ २०, २०७६

एटुजेट अनलाइन खबर

काठमाडौँ भदौ २० त्रिचन्द्र क्याम्पसका प्राध्यापक टीएन भट्ट (विश्वामित्र)को उपन्यास डेड शुक्रवीरबजारमा आएको छ । समालोचक राजेन्द्र सुवेदीले पुस्तक लोकार्पण गर्दै समाजका लागि योगदान नगर्नेलाई लेखकले डेड शुक्रवीरबाट जन्मिएको भनी चित्रण गरेका छन् भने । उनले भने, ‘यो बिल्कुलै नयाँ विषयमा लेखिएको उपन्यास भएकाले पाठकको रोजाइ बन्नेमा शङ्का छैन ।

लोकार्पित पुस्तकबारे टिप्पणी गर्दै डा योगेश्वर निरौलाले समाजिक, राजनीतिक र सांस्कृतिक पक्षलाई यौन र प्रेमसँग जोडेर उपन्यास तयार भएको बताए  । अर्का टिप्पणीकार उत्तम पौडेलले उपन्यासमा नारी पात्रको भूमिका सशक्त रहेको भन्दै उपन्यासले समाजमा जागरण ल्याउन ठूलो योगदान पु¥याउने छ भने ।

साहित्यकार भुवनहरि सिग्देलले ब्यङ्ग्यात्मक शैलीमा कलात्मक ढङ्गले लेखिएको यो पुस्तक नेपाली साहित्यको नवीनतम प्रयोग भएको बताए  । वरिष्ठ कवि डा नवराज लम्सालले पश्चिमा मुलुकले पूर्वीय मुलुकबाट वीर्य लगेर बच्चा जन्माउने गरेका र पूर्वीयमूलका मानिसमा भएको नैतिकता र चेतनाबाट उनीहरू प्रभावित भएको बताए  ।

लेखक भट्टले करीब तीन वर्ष लगाएर लेखिएको यो उपन्यासमा समाजमा योगदान पु¥याउनेहरूलाई जीवित शुक्रवीरको रूपमा प्रस्तुत गरिएको जानकारी दिए  ।