‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ मा आज ‘एक बोली एक दाम’

चैत १८, २०७६

एटुजेड अनलाइन खबर


काठमाडौं, चैत १८ : ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’को पाँचौ दिन ‘एक बोली एक दाम’ नाटक देखाइँदै छ । ङ समूहको प्रस्तुति, लोककथामा आधारित, सिजन दाहाल लिखित, गोविन्द पराजुली निर्मित, प्रवीण खतिवडा निर्देशित नाटक ‘एक बोली एक दाम’को भिडियो प्रस्तुत हुँदैछ ।

चैत ११ गतेदेखि लकडाउनमा बसिरहेका दर्शकलाई क्वारेन्टाइनमै मनोरञ्जन प्रदान गर्न यो नाटक महोत्सवको आयोजना गरिएको हो । शुक्रबार मार्च २७ गते विश्व रङ्गमञ्च दिवसको अवसर पारेर महोत्सवको आयोजन गरिएको हो ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन क्वारेन्टाइन अभियानलाई जोड दिँदै विश्व रङ्गमञ्च दिवसको सन्दर्भ पारेर चैत १४ गते शुक्रबार देखि उत्सव सुरु गरिएको थियो । पाकिस्तानी नाटककार शाहिद नदीमले लेखेको रङ्गमञ्च बर्ष सन्देशको सारांश अनुवाद वाचनबाट सुरु गरिएको उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ देखाइएको थियो ।

दोस्रो दिन शनिबार एस्थेटिक डान्स स्टुडियोको प्रस्तुतीमा नम्रता केसीको परिकल्पना र निर्देशनमा तयार नाटक ‘राजेन्द्रलक्ष्मी’ प्रस्तुत गरिएको थियो । तेस्रो दिन आइतबार ‘जालिनी’ नाटक भिडियो लाइभ स्ट्रिमिङ गरिएको हो । ध्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’ मा संग्रहित कथामा आधारित रहेको नाटक ‘जालिनी’ लाई परिकल्पना र निर्देशन दयाहाङ राईले गरेका छन् ।

चौथो दिन सोमबार नाटक ‘पाँच’ देखाँइएको थियो । सुदाम सीके निर्देशित नाटक ‘पाँच’ मा पाँच जना कलाकारले आफ्नो शरीरमा आफूलाई खोजे। शरीरसँग प्रयोग गरे। उनीहरूको शरीरलाई त्यसरी प्रयोग गर्दा बाहिरी तत्वको कस्तो प्रभाव पर्‍यो रु यस्तै कुराको सूक्ष्म विश्लेषण नाटक हो, ‘पाँच’। यो नेपालमा हुनेभन्दा फरक शैली र शिल्पको नाटक रहेको छ।

क्वारेन्टाइन नाटक महोत्सव थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन ९टिसीसी नेपाल० ले संयुत रुपमा आयोजना गरेको हो ।

थिएटर मलको फेसबुक पेजबाट स्ट्रिमिङ गरिएको नाटक करिब २ सय ५० दर्शकले नियमित लाइभ हेरेको र करिव १४ हजार रिच भएको फेस्टिभल निर्देशकसमेत रहेका श्रेष्ठले बताए । ‘रङ्गमञ्च मै उपस्थित भएर हेरेजस्तो अनुभूति नभए पनि दर्शकले भिडियो स्वरूप पनि मन पराउनु भएको पायौं’, श्रेष्ठले भने, ‘हेरिसकेको र हेर्न छुटाएका दुवैथरि दर्शकले नाटक हेर्न पाउँदा खुशी भएको प्रतिक्रिया दिनुभएको छ ।’

यो महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.facebook.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ । कम्तिमा एक साता देखि अनिश्चितकालसम्म जारी रहने यस महोत्सवमा हरेक दिन एक वटा नाटक लाइभ स्ट्रिमिङ गरिनेछ । साथै नाटक महोत्सव र नाटकबारे सोही पेजमार्फत अन्तरक्रिया पनि निरन्तर हुने आयोजकले जानकारी दिएका छन् ।