हिम्मतवाला पन्तको सह्रानीय काम

चैत १८, २०७६

एटुजेड अनलाइन खबर


बर्दिया,चैत १८ : ८२ किलोमिटर खुला सीमानामा हुने आवामनले बर्दिया पनि ‘कोभिड १९’ संक्रमणको उच्च जोखिममा छ ।तर,स्वास्थ्यकर्मी र सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई पनि सरकारले नै यति खेर ‘कोभिड १९’ बाट वच्नका लागि अति आवश्यक सुरक्षा कवज मास्क,सेनिटाईजर र पंन्जा उपलब्ध गराउँन नसकिरहेको अबस्था छ ।तर,यस्तै खाले राहत सामाग्री लिएर मधुवन नगरपालिका ढोढरी घर भएका स्थानीय ४४ वर्षिय यूवा व्यबसायी सुरेश पन्तले सोमबार गृह जिल्ला पुग्दा सर्वसाधरणामाझ एक किसिमको उत्साह फैलियो ।

अभाव विच गुज्रिरहेको जिल्लामा निशुल्क राहत सामाग्री पाउँदा बिपत व्यस्थापनका संयोजक तथा प्रजिअ प्रेमलाल लामिछानेले सामाग्री स्वत स्फुर्त रुपमा स्वीकारे । उनी पनि दंग भए । प्रदेशका सांसद राजेश थारु जिल्लाका नगर प्रमुख मुत्तीनाथ यादव,कृष्ण केसी उप प्रमुख कृष्ण कुश्मा थारुले पनि राहत सामाग्री बुझे । १६ हजार थान मास्क,दश औं लिटरसेनिटाईजर र पंन्जा दिएर जिल्लाबामा एक किसिमको सुरक्षाको आभास दिलाएका यूवा व्यबसायी पन्त बर्दियाबासी माझ पन्तले रियल हिरो बने ।

यँहा नेताले गर्न नसकेको काम भन्दै पन्तको मुक्तकण्ठले प्रशंसा धेरैले गरे । यतिखेर पन्तलाई फेसबुक पेजमा बिभिन्न उपनाम दिएर शुभचिन्तकले भाईरल बनाएका छन् ।
सांसद,प्रजिअ र जनप्रतिनिधि मार्फत सर्बसाधरण समक्ष राहत समाग्री पुराएका पन्तलाई हिन्दी कथानक चलचित्र सिंघमका नायक अजय देवगनसँग पन्तलाई जिल्लाबासीले तुलना गरे ।हिन्दी फिल्मको कथामा हिरोले प्रहरी अधिकृत भूमिका निभाएर जनतालाई शान्ती सुरक्षा अमन चयन कायम गर्न सफल भएको देखाएको छ ।

यतिखेर पन्तले दिएको राहत सामाग्रीले जिल्लाबासीले सुरक्षा अनुभुति गरेको आभास गराएको छ । यस्तै समाजका काममा अग्रसर देखिने पन्त यतिबेला पनि जनता समक्ष रियल हिरो बन्न सफल भए । सिंघम फिल्ममा एक प्रहरी अधिकृतको ईमान्दारिता र बहादुरीको बखान गरिएको छ ।त्यस्तै गरि चिकित्सकले नै ‘कोभिड १९’को त्रासमा रहेका अबस्थामा यूवा व्यबसायी पन्तले गरेको नौलो सराहनिय कामले पन्त पनि समाजका सिंघम रुपमा देखिए ।

यति बेला घर छोडेर हिँड्ने कसैलाई पनि परिवारका सदस्यले क्षमा दिदैनन् ।परिवारको क्षमा नपाएका मध्यमा पर्छन–मधुवन नगरपालिका ढाढरी बस्ने ४४ वर्षिय यूवा व्यबसायी पन्त । परिवार काठमााडौंमा छाडेर पन्त मास्क,सेनिटाईजर र पंन्जा लिएर विभिन्न अबरोध छल्दै आफै गृह जिल्ला पुगे । सरकारले लकडाउन गरेका बेला बाहिर निस्केर कोरोना भाईरस नियन्त्रण खटिएकाले उनी जिल्लाबासीको माझ पर्याय भए ।

हिँडडुल गर्न चिकित्सक नै डराईरहेको अवस्थामा असमान्य व्यक्ति जस्तै गरि काठमाडौबाट राहत सामाग्री बाकेर उनी गृह जिल्ला पुग्दा उनको कामलाई सह्रानिय भन्दै प्रशंसा गरे । डरलाग्दो रुपमा बिश्वभर फैलिएको कोभिड १९ जस्तो रोगबाट बर्दियाबासीलाई सुरक्षित गर्न राहत सामाग्री बोकेर जिल्ला पुगेका पन्तले वाहवाही पाए । जसले यतिबेला मास्क,सेनिटाईजर र पन्जा जनप्रतिनिधिलाई उपलब्ध गराए ।

अरु सबै लाई सुरक्षित गर्न घर घरमा मास्क सेनिटाईजर उपलब्ध गराउँन प्रयास गर्दा आफूले ठूलो यूद्ध जितेको भान भएकोे पन्तको भनाई छ ।‘राहत सामाग्री संकलन गर्न ठूलो संघर्ष गर्न परेको होला,जुन माया पाए सबै दुःख भुले ’उनले भने,‘यूद्ध जितेर नै ल्याएको सामान दिँदा शरिरमा एक किसिमको उर्जा आएको छ,जसले यस्ता काम गर्न जहिल्य उत्साहित गर्ने छ ।’

त्यस्ता व्यक्तिले जसले अमूल्य जिवन त्यागेर अरुलाई बचाउँन लागि पर्छन त्यस्तै रुपमा पन्त जिल्लाबासी माझ देखिए । जसले आफ्नो भूगोल सम्झन्छ गाउ फर्केर समाज सेवा गरिरहेको छ त्यसैको समाजसेवीको उपनाम दिने कुरामा कसैल कन्जुसाई गरेनन् ।

सबैका अ–आफ्नै सपना हुन्छन । जसले समन्वयकारी भूमिका निभाएर उदाहरणीय काम गर्न सक्छ । उसको परिचय समाजसेवी बन्छ । उसैले सर्वसाधरणको वाह– वाही कमाउँछ । आफूले देखेको सपनापछि कुद्ने धेरै छन् । र त्यसैको प्राप्तिका लागि जसले कठिन संर्घष गर्छ, त्यही सफल बन्छ । यतिखेर बर्दियामा पन्त ‘समाजसेवी’को रुपमा जिल्लामा स्थापित भएका छन् ।

समाज सेवामा उनी चौतर्फी आवश्यक्ता बनेका छन् ।उनको आवश्यक्ता चौतर्फी भईसकेको मधुवनका नगर प्रमुख कृष्णकेसी बताउँछन् ।‘नगरका बिद्यालय स्तरउन्नति गर्न पन्त जीको ठूलो योगदान छ’उनले भने,‘हरेक सामाजिक काममा अग्ररसता वहाँको सह्रानिय छ ।’

‘समस्यामा परेको बेला सहयोग गर्ने होे,’ पन्त भन्छन्, ’अहिले त्यसैका लागि एक किसिमले सडक संर्घष गरिरहेको छु ।यस्ता कामबाट दुख होइन, आत्मसन्तुष्टि मिल्छ । जुन सन्तुष्टि लाखौं खर्चेर अर्थोकमा पाइँदैन् ।’ सोमबार जिल्ला प्रशासन कार्यालयमा असिनपसिन हुँदै माक्स,पन्जा र सेनिटाईजर बितरण उनको अनुहार एककिसिमको उत्साह झल्किन्थ्यो ।

यसैविचमा उनलाई घेरा हालेर यस्तो मौकामा कहाँ बाट कसरी राहत समाग्री ल्याएको होला भनेर जिज्ञासु बनिरहेका थिए ।प्रतिपश्नमा उनले सेवाको भावले सम्भव भएको सहज जवाफ फर्काए । त्यो जवाफ सबैले चित्त बुझाए । पश्चिम नेपालमा अन्य जिल्लाको तुलनामा बर्दिया अलि पछि छ ।यस्ता सामाग्री पर्याप्त नहुँदा सुरक्षाकर्मी,स्वास्थ्य कर्मी परिचालन गर्न समस्या भएकोे स्थानीय प्रशासनले जनाएको छ ।