कोरोनाबाट ५४१९८ को मृत्यु साढे १० लाख संक्रमित, ३९ हजारकाे अवस्था गम्भीर

चैत २१, २०७६

एटुजेड अनलाइन खबर


जेनेभा, चैत २१ : संसारभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) काे संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ५४ हजार १ सय ९८ पुगेको छ।संक्रमितको संख्या १० लाख ३० हजार १९९ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। २ लाख १९ हजार ८३७ जना उपचारपछि घर फर्केका छन् । पछिल्लाे तंथ्याक हेर्दा ८० प्रतिशत निकाे भएका छन् भने २० प्रतिशतकाे मृत्यु भएकाे छ ।

७ लाख ५६ हजार १६४ जना उपचाररत मध्ये ३८ हजार १७३ काे अवस्था गम्भीर भएकाे बताइएकाे छ । ७ लाख १७ हजार ९९१ अवस्था अहिले सम्म सामान्य रहेकाे छ ।

अमेरिकामा २ लाख ४५ हजार ३८० जनामा संक्रमित हुँदा ६ हजार ९५ जनाकाे मृत्यु भएको छ। ५ हजार ४२१ जनाकाे अवस्था गम्भीर भएकाे बताइएकाे छ । स्पेनमा १ लाख १७ हजार ७१० जनामा संक्रमित हुँदा १० हजार ९३५ जनाकाे मृत्यु भएको छ। ६ हजार ४१६ जनाकाे अवस्था गम्भीर भएकाे बताइएकाे छ ।

इटालीमा १ लाख १५ हजार २४२ जनामा संक्रमित हुँदा १३ हजार ९१५ जनाकाे मृत्यु भएको छ । ४ हजार ५३ जनाकाे अवस्था गम्भीर भएकाे बताइएकाे छ । जर्मनीमा ८५ हजार ६३ जनामा संक्रमित हुँदा १ हजार १११ जनाकाे मृत्यु भएको छ । ३ हजार ९३६ जनाकाे अवस्था गम्भीर भएकाे बताइएकाे छ ।

चीनमा ८१ हजार ६२० जनामा संक्रमित हुँदा ३ हजार ३२२ जनाकाे मृत्यु भएको छ । जसमध्ये ७६ हजार ५७१ जना उपचार पछि घर फर्केका छन् । विश्वरभरी सबैभन्दा बढि निकाे भएका छन । १७२७ जना उपचाररत मध्ये ३८९ जनाकाे अवस्था गम्भीर भएकाे बताइएकाे छ ।

फ्रान्समा ५९ हजार १०५ जनामा संक्रमित हुँदा ५ हजार ३८७ जनाकाे मृत्यु भएको छ । ६ हजार ३९९ जनाकाे अवस्था गम्भीर भएकाे बताइएकाे छ । इरानमा ५३ हजार १८३ जनामा संक्रमित हुँदा ३ हजार २५४ जनाकाे मृत्यु भएको छ। ३ हजार ९५६ जनाकाे अवस्था गम्भीर भएकाे बताइएकाे छ ।

बेलायतमा ३३ हजार ७१८ जनामा संक्रमित हुँदा २ हजार ९२१ जनाकाे मृत्यु भएको छ। १६३ जनाकाे अवस्था गम्भीर भएकाे बताइएकाे छ ।