त्रिचालीस प्रतिशत निजी आवास पुनःनिर्माण

कार्तिक ०२, २०७६

एटुजेट अनलाइन खबर

म्याग्दी, कात्तिक २ यहाँ त्रिचालिस प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरे का छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेका मध्ये हालसम्म ३४६ ले आवास पुनःनिर्माण गरे का छन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय एकाइका अधिकृत यज्ञप्रसाद रिजालका अनुसार ८०३ लाभग्राहीले ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका थिए भने ३९६ ले दोस्रो किस्ता लगेका छन् । पहिलो किस्ता लगेका मध्ये दुईले अनुदान फिर्ता गरे का छन् भने ३७२ दोस्रो किस्ता लिन आएका छैनन् ।

भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा विसं २०७३ चैतदेखि सम्झौता र २०७४ मङ्सिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनःनिर्माण शुरु गरिएको थियो । दोस्रो किस्तावापत डिपिसी गरे पछि एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

प्राविधिक आउनुअघि बनेका १४८ घरका धनीलाई प्राधिकरणको पछिल्लो निर्णयअनुसार अनुदान उपलब्ध गराइने भएको छ । विसं २०७३ पुसमा इञ्जिनीयर परिचालन गरे र एक हजार ३५० घर सर्वेक्षण गरिए पनि ८४८ लाभग्राही पहिचान गरिएका थिए । छुटको गुनासो दर्ता गराएका ५३३ पीडितको घर गत जेठमा पुनःसर्वेक्षण गरिएको थियो ।

विसं २०७६ असार मसान्तसम्म पहिलो किस्ता लिएकाले यही कात्तिकसम्म दोस्रो किस्ता, आगामी माघसम्म तेस्रो र गुनासो सम्बोधनबाट थपिएका लाभग्राहीले २०७७ असारसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने समयसीमा तोकिएको छ । भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका२ र अन्नपूर्ण गाउँपालिका८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरीदका लागि थप दुई लाख उपलब्ध गराइएको छ ।