पुस्तकबारेका १३ रोचक तथ्यहरू

जेठ ०२, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, जेठ २ : पुस्तक धेरैको प्रिय साथी हो। पुस्तक प्रतिको प्रेम र लगावले मानिसलाई थुप्रै ज्ञान दिन्छ। ठूला बिद्धानका पुस्तक अध्ययन गर्ने बानीले नयाँ जीवनको गोरेठो पहिल्याउन सजिलो हुन्छ। पुस्तकका बारेमा रोचक तथ्य र प्रसंगहरु छन्। जुन सबैलाई काम लाग्न सक्छन।

१. सन् १४४० मा जोहनेस गुटेनबर्गले हाते प्रिन्टिङ प्रेसको आविष्कार गर्नुपूर्व सबै पुस्तकहरु हातले लेखिन्थ्यो। एउटा पुस्तक किन्नका लागि कम्तिमा ६ महिना अघि अर्डर गर्नुपर्ने हुन्थ्यो।

२. हातले लेखिएको सबैभन्दा पुरानो पुस्तक हिन्दु धर्मग्रन्थ ‘बेद’ हो।

३. गुटेनबर्गले हाते प्रिन्टिङ प्रेसको आविष्कार गरेपछि सबैभन्दा पहिले छापिएको पुस्तक ‘बाइबल’ थियो।

४. प्रख्यात इन्टरनेट सर्च इन्जिन गुगलका अनुसार संसारमा अहिलेसम्म १३ करोडभन्दा बढी पुस्तकहरु प्रकाशित भएका छन्।

५. बिजनेस इन्साइडरका अनुसार अहिलेसम्मकै सबैभन्दा महंगो पुस्तक लियोनार्दो दा भिन्सिले लेखेका ‘कोडेक्स लेसिस्टर’ हो। जुन पुस्तक बिल गेट्सले ३०.८ मिलियन डलर अर्थात् करिव तीन अर्व १८ करोड २८ लाख ७२ हजारमा खरिद गरेका थिए।

६. प्रकाशक बरनेस र नोब्लेका अनुसार पुस्तकमा लेखिएको सबैभन्दा लामो बाक्य ८ सय २३ शब्दको छ । यो बाक्य भिक्टोर ह्युगोले लेखेका ‘लेस मिजरेबल्स’ नामक पुस्तकमा छ।

७. एकजना अपरिचित लेखकले आफ्नो नाम विना पुस्तक लेखेका छन्, जसको कभर सुनले लेपन गरिएको छ। यो पुस्तक अझै लाइब्रेरी अफ कंग्रेसमा सुरक्षित छ।

८. टाइपराइटर प्रयोग गरी लेखिएको पहिलो पुस्तकको नाम ‘द एडभेन्चर अफ टम सवेर’ हो। मार्क टवइनले लेखेका थिए।

९. अमेरिकन राष्ट्रपति थेओदोरे रुजवेल्टले एकदिनमा एउटा पुस्तक पढ्ने गर्थे।

१०. संसारमा सबैभन्दा धेरै पुस्तक पढ्नेमा आइल्याण्डका नागरिक छन्। उनीहरु मौसमका कारण घरभित्र बसेर समय कटाउन पनि पुस्तक पढ्छन।

११. संसारमा हरेक पाँच जनामा एक जना मात्र पुस्तकप्रेमी रहेको अनुमान गरिन्छ।

१२. अहिले संसारभरी कुल पुस्तकको बिक्री ७५ प्रतिशत अनलाइन र २५ प्रतिशत पुस्तक पसलहरुबाट हुने गर्दछ।

१३. द टेलिग्राफका अनुसार संसारमा अहिलेसम्म सबैभन्दा बढी पढिएको पुस्तक ‘बाइबल’, ‘क्वेसन्स फ्रम चेयरम्यान माओ त्से तुङ’, ‘ह्यारी पोर्टर’ र ‘डे सिभिलटेट मोरम पुएरिलिउम लिबेल्लुस’ (ल्याटिन १५३०) हो। एजेन्सीको सहयोगमा