हामी कस्तो नेतृत्व खोज्दै छौँ ?

जेठ ०३, २०७७

एटुजेड अनलाइन खबर


अर्जुन पाैडेल


विश्वव्यापी कोरोना महामारीबीच अलपत्र एवं अलमल्ल परेका नेपालीहरू सहयोगको आशमा सरकारतर्फ हेरिरहेका छन् । तर यस विकराल परिदृश्यलाई हेक्का नै नराखी सरकार सत्ता जोड घटाउमा लाग्नु नै दुर्भाग्य हो !

राष्ट्रको शक्ति एवं सत्ताको मञ्चमाथि यस्ता कुरूप नाटक प्रदर्शन भएका छन् । यसले जनताको बौद्धिकता अपमानित भएको छ देखिन्छ । यदि हुँदो हो त फनक्क फर्केर यो नाटक वहिष्कार गरिदिऊँ या यसका पूरै पात्र फेरेर नयाँ कथा रोजुँ । तर नेपालीको दुर्भाग्य ! पात्र फेर्नलाई रंगभूमिमा जति पनि विकल्प छन्, ती सबै यो मञ्चमा विफलता र भ्रष्टताले आ–आफ्नै रङ–रङका तमासा दोहोर्‍याइसकेका छन् ।

केन्द्रका नेताहरूले सत्ताको डोरी पटक–पटक आफ्नो हातमा आउँदा पनि पुराना गल्तीबाट सिकेर नयाँ निकास दिनु त कता हो कता । तिनै गल्तीहरूको पुनरावृत्ति र विस्तार गर्दै भएको सबै मानसिक ऊर्जा र रचनाशीलता जति सत्ता टिकाउने साँघुरो खेलमा सीमित गरे । शक्ति भ्रष्टताको पर्याय बन्यो र नेतृत्व पतनको ।

के यो देशमा अहिले नेतृत्व गरिराखाको पुस्ताले विश्राम लिदा के युवाले नेतृत्व गर्ने सामर्थ्य नराख्ने हुन् त ? यो प्रश्न पटक–पटक आउँछ । सँगसँगै अर्को प्रश्न आउँछ, नेतृत्व के त्यही अनुहारमा सीमित हुनुपर्छ र ? युवा नेतृत्व खोइ ? युवा नेतृत्व : यी दुई शब्द सम्भावनाका मीठो दृश्य बोकेर आउँछन्– नेतृत्वमा युवा पहुँच नहुनु नै समस्या हो । र, युवा नेतृत्व नै समाधान हो ।

तर के नेतृत्वमा युवाको पहुँच नहुनु नै जरो समस्या हो त ? अहिलेको नेतृत्व ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशीलता, मौलिकता आखिर के नपुगेर बेहाल हुन पुगेको हो ? के यी आवश्यकता युवा नेतृत्वले दिन सक्छ त ? के हाम्रा आजका युवाले दिन सक्छन् ? अझ भनौँ, नेतृत्वमा दाबा गर्ने युवाहरूले दिन सक्छन् ?

यो देशलाई साँच्चै निकास दिने हो भने युवा नेतृत्वको आवश्यकताबारे मात्र हैन, कस्तो युवा नेतृत्व, त्यो बहस पनि सुरु गर्नुपर्छ ।

अधिकांश नेपाली युवा देशको नेतृत्व गर्ने पहुँचभन्दा धेरै पर छन् । आधारभूत आवश्यकता पूरा गर्न देश एवं विदेशको छेउ र कुनातिर अल्झिई बाँच्नु परेको छ । यो देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा वरै सीमित गरिदिन्छन् । आफ्नै रगत–पसिनामा टिकेको