नवाजुद्दिनकी श्रीमतीले सम्बन्ध विच्छेद मागिन्

जेठ ०६, २०७७

एटुजेड अनलाइन खबर


नयाँ दिल्ली, जेठ ६ : बलिउडमा अभिनेता नवाजुद्दिन सिद्दिकी पछिल्लो समय पारिवारिक किचलोमा फसेका छन् । उनकी पत्‍नी आलिया सिद्दिकीले कानुनी सूचना (लिगल नोटिस) पठाएर सम्बन्ध बिच्छेद मागेकी छन् ।

आलियाले भारतीय टिभी एबीपी न्यूजसँगको कुराकानीमा आफूले मे ७ मा लिगल नोटिस पठाएर नवाजुद्दिनसँग सम्बन्ध बिच्छेद मागेको बताएकी छन् ।

भिनेता नवाजुद्दिन र आलियाको बिबाह ११ वर्षअघि भएको थियो । सन् २००९ मा दुवैले प्रेम विवाह गरेका थिए । विवाहपछि अञ्जना उर्फ अञ्जलीले आफ्नो नाम परिवर्तन गरेर आलिया राखेकी थिइन् । विगत केही वर्षदेखि दुवैका बीचमा सम्बन्ध चिसिएको थियो ।