लकडाउनमा ‘भर्चुअल साउन्ड’मार्फत ललितकलाको दृश्यपान

जेठ १०, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, जेठ १० : कोरोना भाइरसको संक्रमणका कारण विश्व ठप्प छ । सिनेमा हल, आर्ट ग्यालरी, नाटकघर सबै लामो समयदेखि बन्द छन् । लकडाउन भए पनि चित्रकारहरु घरभित्रै बसेर चित्र बनाइरहेका छन् । कलाकारहरुको क्यानभासमा भने वाहिरको मनोरम वातावरण, कलाकौशल, सुन्दर प्रकृति चित्रण भैरहको छ ।

लकडाउनमा गरेका सिर्जनाहरुले केही सातापछि नै ग्यालरीको बडेमान भित्तामा कलापारखीहरु सामू सजिन पाउने आशा गरेका ती सिर्जनाहरुले ग्यालरीमा सजिन पाउने कहिले भनेर अन्योल हुन थालेको छ । कारण, कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएसँगै लकडाउनको समयावधि पनि बढ्न थालेको छ ।

यस्तोमा कलाकारहरु आ–आफनो सामाजिक सञ्जाल फेसबुकको भित्तामा सिमित व्यतिmहरुबीच आफ्नो कला पस्किन बाध्य छन् । कलाकारहरुको सुन्दर सिर्जनालाई फेसबुकका वालमा सिमित भएको नजिकबाट नियालिरहेका कलाकार एनबी गुरुङलाई यो कुरा चित्त बुझेन । उनले लकडाउनमा नेपाली कलाकारहरुले कोरेका सुन्दर सिर्जनाहरुलाई लकडाउनपछि ग्यालरीमा सजाउने योजना बनाए । तर लकडाउन खुल्ने नदेखेपछि उनले भर्चुअल ग्यालरी राम्रो विकल्प हुने सोचेर अनलाइन कला प्रदर्शनीको घोषणा गरे ।

‘भर्चुअल साउण्ड’ शिर्षकमा उनले आज २३ मे देखि २२ जुनसम्म अनलाइन कला प्रदर्शनीको आयोजना गरेका हुन् ।

अनलाइन कला प्रदर्शनीको उद्देश्य प्रस्टयाउँदै गुरुङ भन्छन्,“विश्वले भोगीरहेको यो अप्ठ्यारो अवस्थामा हाम्रा कलाकारहरुले पनि घरभित्रै बसेर काम गरिराख्नु भएको छ । तर उहाँहरुका कलाले फाट्फुट रुपमा फेसबुकका वालमा मात्रै सिमित हुनु परेको देखेर किन यस्लाई मास दर्सकसम्म नपुर्याउने त भनेर अनलाइन कला प्रदर्शनी गरेको हो ।”

यसरी लकडाउनको समयमा कलाकारहरुको सिर्जनाले उचित स्थान र मूल्य नपाएको कुरालाई मध्येनजरगर्दै कलाकार एन बी गुरुङले ती सिर्जनालाई विश्वभरीका कलापारखीसामु पुर्याउने प्रयास गरेको बताए ।
‘भर्चुअल साउन्ड’ गुरुङको आफ्नै युट्युब च्यानल एन बी गुरुङ आर्ट स्टुडियो मार्फत २३ मे को बेलुकाको ८ बजे प्रिमियर हुँदैछ । युट्युबका साथै गुरुङको आफ्नै फेसबुक पेज एनबी गुरुङमार्फत पनि हरेक दिन लाइभ स्ट्रिम हुने छ । “विद्युतीय माध्यमबाट एक सकारात्मक आवाज कन्भे गर्ने कन्सेप्टले ‘भर्चुअल साउन्ड’ नाम राखेको छु ।”

वैशाख १९ देखि २२ गतेसम्म इच्छुक कलाकारले आफ्नो कला प्रदर्शनीको लागि पठाउन आह्वान गरिएको थियो । जसमा ८० जना कलाकारले आफ्नो कला पठाएका थिए ।

“मैले यस अनलाइन प्रदर्शनीको आह्वान गरिरहँदा मलाई यति धेरै कलाकारहरुले भाग लिनु होला भन्ने लागेको थिएन । तर कलाकारहरुको बाक्लो  सहभागिताले म आफैं अच्चममा परेको थिएँ”, उनले खुशी व्यतm गरे । बाक्लो सहभागिताले कलाकारहरु आफ्नो सिर्जना प्रस्तुत गर्न लालायित भएको उनले महसुस गरेका छन् ।

तर समय र प्राविधिक पाटोलाई ध्यानमा राख्दै सबै सिर्जनाई समेट्न असमर्थ भएका कारण उनले उत्कृष्ट ६० चित्रहरु प्रदर्शनीका लागि छनोट गरेका छन् ।

जसमा सिनियर देखि जुनियर कलाकारहरुको सहभागिता रहेको छ ।

ललितकला प्रज्ञा पं्रतिष्ठानका कुलपति केके कर्मचार्य, गोपाल चित्रकार, राधेश्याम मुल्मी,बाबुराजा धोइला, डिराम पाल्पाली, सुष्मा राजभण्डारी, मुकेश मल्ल, यादव भुर्र्तेललगायत ६० जना कलाकारहको ६० वटा पेन्टिङ प्रदर्शनीमा राखिएका छन् ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्मचार्यले पनि लकडाउनको समय अरु कलाकारले जस्तै कूची र रंगले क्यानभासमा कुची खेलाइरहेका छन् । सोही उपलल्ब्धी उनले अनलाइन कला प्रदर्शनीमा पठाएका छन् । यो प्रदर्शनीका सिनियर कलाकारमध्येका एक कर्मचार्यले नेपाल जस्तो साँघुरो बजारमा अनलाइन प्रदर्शनी कलाकारका लागि राम्रो प्लेटफर्म हुने बताए ।

उनका अनुसार नेपालमा सामाजिक सञ्जालमार्फत कलाकारहरुको आफ्नै पहलमा अनलाइन प्रदर्शनी भए पनि औपचारिक रुपमा युट्युबमार्फत भने यो पहिलो पटक नै हो । जुन एक राम्रो पहल भएको उनको भनाइ छ ।

“विश्वभरीका कलापारखीहरुले एकैचोटी अवलोकन गर्न पाउने भएकोले आर्थिक रुपमा पनि यसको बजार फराकिलो हुन्छ । त्यसैले लकडाउनको समयमा मात्रै नभई स्थिति सामान्य भैसक्दा पनि यसलाई निरन्तरता दिनसक्यो भने अझै राम्रो हुन्छ” उनले अनलाइन कला प्रदर्शनीको दीर्घकालीनताको महत्वबारे प्रस्ट्याए ।

प्रदर्शनीमा यहि लकडाउनमा बनाएका सिर्जनाहरु एब्सट्रयाक, सेमिएब्स्ट्रयाक, ल्यान्डस्केप, पोट्रेट विधाका चित्रहरु छन् ।

कलापारखीलाई ग्यालरीमा प्रत्यक्ष गएर कलाको दृश्यपान गरेको अनुभूति गराउन गुरुङले यस प्रदर्शनीलाई थ्री डि एनिमेसनमा ढालेका छन् ।

“ग्यालरीमा गएर प्रत्यक्ष हेर्नुको आफ्नै प्रकारको सौन्दर्य छ । तर अहिले यस्तो विषम परिस्थितीमा विश्व नै अनलाइनबाटै चलिरहेको हुँदा यो ग्यालरीमा गएर हेर्नुको राम्रो विकल्प हुन सक्ने भएकोले र यसलाई प्रत्यक्ष ग्यालरीमा गएर अवलोकन गरेको अनुभुति गराउन थ्री डि प्रर्दशनी गरेको छु”, उनले भने ।

नेपालमा अनलाइन प्रदर्शनी नौलो भए पनि विश्वमा यो शैली पुरानै भएकोले ग्यालरीमा प्रदर्शन गरिनुभन्दा अनलाइन कला प्रदर्शनी अझै राम्रो हुने तर्क कलाकार मुकेष मल्ल पनि राख्छन् ।

मुशेष मल्ल पछिल्लो केहीवर्षदेखि ‘नेपाली चित्रकलाको इतिहास’को बारेमा अनुसन्धानमुलक पुस्तक लेख्नमा व्यस्त छन् । कुची, रंग अनि क्यानभासबाट लामो समय टाढा रहेका उनलाई लकडाउनले पुनः पहिले जस्तै रंगमा खेल्ने बानी बसायो ।

कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि मल्लले के गर्ने के नगर्ने भेउ पाउन सकेनन् । करिब एक हप्तासम्म त न उनले लेखनमा ध्यान दिन सके न अरु केही । छट्पटि बढ्दै गएसँगै लकडाउनको आठौँ दिन मल्लले सोलुसन पाए, पेन्टिंग ।

लकडाउन ८ नामदिएर उनले आठौँ दिनमा कूची र रंगले आफ्नो मन र मस्तिष्कमा एकहप्तादेखि पैदा भैरहेको छटपटिलाई पोखे । एब्स्ट्रयाक पेन्टिंगमा उनले आफनो जिन्दगीको उकुसमुकुस्तालाई क्यानभासमा बगाएका छन् ।
अहिले उनी लकडाउनको समय चित्र कोर्नमा व्यतित् गरिरहेका छन् ।

सोही पेन्टिंगलाई उनले अनलाइन प्रदर्शनीमा राखेका छन् । “नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अनलाइन कला प्रदर्शनी एकदमै राम्रो छ । इमिडियट रेस्पोन्स र धेरैमा पुग्ने भएकोले ग्यालरीमा हुने प्रदर्शनीभन्दा यो अझै उपल्बधीमुलक हुन्छ भन्ने कुरामा कुनै दुइमत नै छैन ।”

आयोजक गुरुङले यो पहिलो प्रयासले दर्शक र कलाकारको राम्रो साथ र प्रतिक्रिया पाएमा आगामी दिनमा पनि अनलाइन प्रदर्शनी जारी राख्ने सोच बनाएका छन् । यो पटकको नेशनल आर्ट प्रदर्शनीपछि इन्टरनेशनल अनलाइन कला प्रदर्शनी गर्ने सोचेका छन् ।

“नेपाली ललितकलाको बजार सिमित हुँदा अपुक त छ नै साथै अहिले आफ्नो कला बिक्री नभएर थप पीडित छन् । त्यसैले कलाकारले केही मात्रामा भए पनि राहत पाओस र निराश हुन नपरोस् भनेर यस अनलाइन प्रदर्शनी गरिएको हो”, उनले थपे । प्रदर्शनीमा बिक्रीबाट आएको रकम मध्ये ९० प्रतिशत कलाकारलाई र बाँकी १० प्रतिशत सामाजिक कार्यमा खर्चिने योजना भएको गुरुङले बताए । १२खरीबाट साभार