आइओएमको डिनमा डा. दिव्यासिंह नियुक्त

असार ०४, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, असार ४ : त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्राडा. दिव्यासिंह शाह नियुक्त भएकी छन् । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत थिइन् ।

डा. शाहले  बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिइन् । यसअघिका डिन प्राडा. जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।