लेखक नारायण नेपालको विदेशी हैकम सार्वजनिक (भिडियोसहित)

असार ०८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असार ९ : लेखक तथा पत्रकार नारायण नेपालको जागरण गीत विदेशी हैकम सार्वजनिक भएको छ । संगीत दिवसको अवसर पारेर गीत युटुबमार्फत सार्वजनिक भएको हो ।

भारतद्धारा अतिक्रमित भूमि, मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी विवाद लगायत राष्ट्रियताको बिषयमा नेपालीलाई जागरण गराउने भाव बोकेको गीत गायीका ममता खड्काको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

नारायण नेपालको शब्दमा नारायण दंगालले संगित भरेका छन् । उठ् जाग नेपाली जनता हो बोलको गीतमा ममता खड्का र दामोदर न्यौपानेको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा गायकद्धय खड्का र न्यौपानेसहित दीपक लामा, सम्राट घिमिरे, दिप शेर्पाली लगायतले अभिनय गरेका छन् । म्युजिक भिडियो दिप शेर्पालीले निर्देशन गरेका हुन् ।

देशमा विकसित पछिल्लो घटनाक्रम अनुसार जनतामा जागरण भाव जगाउन गीत निकालेको गीतकार नेपालले बताएका छन् । विश्व नै कोरोना महामारीबाट ग्रस्त भएको बेलामा भारतले नेपालीभूमिमाथीको अतिक्रमण तिव्र पारेको, बर्षौदेखि राज्यसञ्चालकबाट नै महत्वपूर्ण भूमि बेच्ने काम भएको लगायतका गम्भिर बिषयमा गीतमा समावेश भएको उनले बताए । नेपाली खोलानाला नदिसमेत विदेशीको कब्जामा पुगेको, सिमानाका बासिन्दा सास्तीमा रहेको भाव गीतमा झल्काइएको छ ।

नेपाली राजनीतिमा जनतालाई राष्ट्रवादको नारा/भाषण सुनाएर जनताको सास्ती र भूमिमाथीको अतिक्रमणमा भने राज्यसञ्चालकले केही गर्न नसकेको आक्रोस गितमा पोखिएको छ । विदेशी हैकम सहनुहुँदैन, एकजुट भएर प्रतिकार गर्नुपर्छ भन्ने सन्देश गीतबाट दिन खोजीएको छ । गितकार नेपालले यसअघि एनसेलको करछुट बोलको अडियो गीत निकालीसकेका छन् भने नेपाली विद्यार्थी राजनीति, साहित्य, यात्रा संस्मरण लगायतका बिषयमा विभिन्न पुस्तक लेखिसकेका छन् ।