नोकियाको नयाँ एक्सप्रेस म्यूजिक फोन नेपालमा

असार ०८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, असार ८ : नेपाली बजारमा लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजीक मोबाइल १२ बर्ष पछि नयाँ नोकिया ५३१० को रुपमा आएको छ । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले यो मोबाइललाई नेपाली बजारमा ल्याएको हो ।

म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजीक मोबाइल एक दशक अगाडि ग्राहकवर्गहरुद्धारा अधिक रुचाइएको थियो । नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्युजीक क्वालिटिलाइ ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हने कम्पनीको दावी छ ।

नोकिया ५३१० फोनमा वायरलेस एफएम रेडियो छ जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ । यसको बक्समा एयरफोन पनि राखिएको छ ।

यसमा २.४ इन्चको क्युभिजिए डिस्प्ले र पछाडि भिजिए क्यामरा, नोकिया सिरिज ३० प्लस अपरेटिङ सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एमएम अडियो ज्याक, ३.० ब्लूटूथ र १२०० एमएएचको बदल्न मिल्ने ब्याट्री रहेको छ जसको चार्ज दुई दिन सम्म टिक्छ ।

नोकिया ५३१०  को बजार मूल्य ५,४४९ रुपैयाँ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ । साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन् ।