प्रदेश ५ मा थपिए ११५ नयाँ संक्रमित

असार ०९, २०७७

एटुजेड अनलाइन खबर


बुटवल :प्रदेश ५ मा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश ५ मा संक्रमितको संख्या दुई हजार ५६७ पुगेको छ।

सोमवार थपिएकामध्ये सबै भन्दा बढी पाल्पामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै पाल्पामा संक्रमितको संख्या १५० पुगेको छ।

त्यस्तै, प्युठानमा सोमवार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक डा उमाशंकर प्रसाद चौधरीले जानकारी दिए। योसँगै प्यूठानमा संक्रमितहरुको संख्या १८५ पुगेको छ।

त्यस्तै, अर्घाखाँचीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमितको संख्या २५५ पुगेको छ। सोमवार रुपन्देही जिल्लामा थप १० जनामा संक्रमण पुष्टि भएको डाक्टर चौधरीले जानकारी दिए। रुपन्देहीमा संक्रमितको संख्या २६० पुगेको छ।

सोमवार थपिएका संक्रमितमध्ये नवलपरासी पश्चिमका ५ जना र गुल्मीका एक जना छन्। नवलपरासी पश्चिममा संक्रमितको संख्या ७८ पुग्दा गुल्मीमा संक्रमितको संख्या १८१ पुगेको छ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै कपिलवस्तुमा रहेका छन्। कपिलवस्तुमा ७०३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बाँकेमा ३४२, दाङमा २७० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बर्दियाका १५४ जना,

संक्रमित मध्ये रोल्पामा ४५ जना छन् भने रुकुम पूर्वका ४ जनामा मात्र संक्रमण पुष्टि भएको छ।