यी स्थानमा भारी वर्षा, साना खोलामा बहाव बढ्ने

असार ०९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असार ९ : हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका अलावा देशको पश्चिमी भुभागमा वर्षा भइरहेको छ ।

सिन्धुपाल्चोक,काभ्रेपलान्चोक,मकवानपुर,सिन्धुली,काठमाडौं उपत्यका, नवलपरासी,रुपन्देही,कपिलबस्तु,दाङ,अर्घाखाँची,गुल्मी,पाल्पा,स्याङजा, दाङ,बर्दिया र आसपास मध्ययम र भारी बर्षा भईरहेको छ ।

उक्त जिल्ला भई बहने साना खोलामा बहाव बढ्ने र केहिमा सतर्कता सम्म पुग्न सक्ने बाढी सुचना केन्द्रले जानकारी दिएको छ । केन्दले सतर्कताको लागि अनुरोध गरेको छ ।