यस्तो अवस्थामा खाँदै नखानुहोस् केरा

असार ३१, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असार ३१ : हाम्रो घर वरीपरी र बजारमा सजिलै पाइने फल हो केरा । खाँदा निकै मिठो हुने केरामा प्रशस्त मात्रामा भिटामिन बी र भिटामीन सी पाइन्छ । शरिरको लाथिग फाइदाजनक मानिने केरा कुनै अवस्थामा भने हानिकारक पनि हुन्छ । कुनै बेला केराको सेवनले ठूलो समस्या निम्त्याउन पनि सक्छ ।

त्यसैले सकेसम्म केरा कम खानु नै राम्रो हुन्छ । एकैपटक धेरै केरा खानुहुँदैन । केरा बढी खाएमा यसमा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने बढ्ने हुन्छ । केरामा प्रशस्त सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइने हुनाले यसले शरिरको तौल बढाउछ । यसको बढी सेवनले डाइबिटिज अर्थात् सुगर हुने सम्भावना हसन्छ ।

केरामा पोटासियम बढी हुने हुनाले असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । जसले एन्जाइटीजस्तो समस्या ल्याउनछ । यदि यस्तो भएमा निद्रा नलाग्ने, डर लाग्ने हुन सक्छ ।   केरामा पाइने भिटामिन बी-६ ले स्नायु प्रणालीलाई असर गर्ने सम्भावना हुन्छ ।