‘आइफोन एसई २०२०’ बजारमा

साउन ०८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, साउन ८ : नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले ‘आइफोन एसई २०२०’ नेपाली बजारमा ल्याएको छ ।कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै आधिकारिक रुपमा नेपाली बजारमा आइफोन एसई २०२० खरिद गर्न सकिने जानकारी दिएको छ।

कम्पनीले ६४ जीबी आइफोनको मूल्य ७० हजार, १२८ जीबीको ७५ हजार र २५६ जीबीको ९६ हजार मूल्य रहेको जानकारी दिएको छ। कम्पनीले ग्राहकहरुलाई आइफोन आधिकारिक डिलरसँग खरिद गरी सक्कली भ्यानट बिल दिन आग्रह गरेको छ।