कुमारित्वमाथि किन कुण्ठित प्रश्न ?

साउन ०९, २०७७

एटुजेड अनलाइन खबर


हाम्रो शास्त्र र सामाजिक व्यवस्थाले ‘भर्जिनिटी’ अर्थात कुमारित्वलाई विशेष रुपले महिलाको चरित्रसँग जोडेर उनको लागि राम्रो चरित्रको मापदण्ड निर्धारण गरिदिएको छ । जबकी समाजमा कुमारित्वको परिभाषा यो भन्दा ठीक उल्टो छ ।

खासगरी समाज र शास्त्र अनुसार यसको अर्थ हुन्छ, कुमारित्व हुनु भनेको तपाईं पूर्णत शुद्ध हुनुहुन्छ । यसमा कुनैपनि कुराको शुद्धताको कुरा गरिएको छैन । केवल युवतीको शुद्धताको कुरा गरिएको छ । युवतीको कुमारित्वलाई नै उनको शुद्धताको पहिचानसँग जोडिएको छ । पुरुषको शुद्धताको कुरा कहीँ गरिएको छैन ।

छिमेकी मुलुक भारतको कतिपय स्थानमा अहिले पनि विवाहअघि युवतीको कुमारित्वको  प्रसंगलाई महत्वका साथ उठाइन्छ । त्यहाँ कुमारित्व परीक्षणको नाममा सुहागरातको दिन सेतो च्यादर ओछ्याउने गरिन्छ । विवाहअघि इच्छा वा अनिच्छाले कसैसँग शारीरिक सम्बन्ध बनाउन पुगेका कति महिलाहरुको जीवन नर्कमा फसेको होलान् ?

कुमारित्वलाई लिएर हाम्रो समाज एकदमै संकिर्ण र कुष्ठित छ । यही कारण कतिपय महिला जीवनभर भावनात्मक अत्याचार झेलेर बाँचिरहेका छन् भने कतिपयको सम्बन्ध बिच्छेद भएको छ ।

विवाहअघि कुनै युवतीले शारीरिक सम्बन्ध बनाएका छन् उनीहरुलाई विवाहपछि सधै शंकाको घेरामा राखिन्छ । उनीहरुको चरित्रमाथि औला उठाइन्छ । हेय दृष्टिले हेरिन्छ ।

आज हामी समाज आधुनिक भयो भन्छौं । मान्छेहरु शिक्षित र सभ्य भए भन्छौं । तर, कुमारित्वको सन्दर्भमा मान्छेको चेतना अझै पुरातन ढर्राको छ । शिक्षित, सभ्य भनिएकाहरुमा समेत यस किसिमको कुष्ठित मनोविज्ञान ज्युँको त्युँ छ ।

खासगरी पुरुषहरु आफ्ना हुनेवाला श्रीमती कुमारी होस् भन्ने चाहन्छन् । विवाहअघि नै हुनेवाला श्रीमतीको कुमारित्व भंग भएको उनीहरु पटक्कै स्विकार्न सक्दैनन् ।

कुमारी कन्यलाई देवी मान्ने हाम्रो संस्कारले पनि यसमा विरोधाभास स्थिति ल्याएको छ । त्यसैगरी शास्त्र, पुराण, महाभारत जस्ता ग्रन्थहरुले समेत विवाहित वा शारीरिक सम्बन्ध बनाइसकेका महिलालाई ‘पवित्र’ मान्दैन/स्विकार गर्दैन । मनुस्मृतिमा त स्पष्ट भनिएको छ–

‘पिता रक्षति कौमारे, भर्ता रक्षित यौवने्रक्षंति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र महेति मनुस्मृति (९–३)

स्त्री जब कुमारी हुन्छन्, तब उनका पिताले रक्षा गर्छन् । युवावस्थामा पतिले र वृद्धावस्थामा पति भएन भने उनको पुत्रले रक्षा गर्नेछ । यसको अर्थ के भने स्त्रीलाई जीवनको कुनैपनि चरणमा आफ्नो स्वतन्त्रता छैन । कुरा केवल मनुस्मृतिको मात्र होइन । महाकवि तुलसीदासले रामचरितमानसमा यसको पुष्टि गर्दै लेखेका छन्, ‘महावृष्टि चलि फूटि कियारी जिमि सुतन्त्र भये विगरहिं नारी ।’ अर्थात धेरै स्वतन्त्रता पाएमा नारी बिग्रिन्छन् । महाभारतमा भनिएको छ पति जस्तोसुकै होस्, तर स्त्रीका लागि उनको आभूषण हो । यस्तै धारणाहरुले आज पनि सामाजमा महिलाप्रतिको दृष्टिकोण संकुचित बनाएको छ ।

कुमारित्व जोगाउनुपर्ने मान्यता यसकारण विकास भएको छ कि, महिलाले आफ्ना पुरुषलाई त्यही मानसिक सुख दिन सकोस् कि ‘तपाईं नै मेरो जीवनको पहिलो पुरुष हुनुहुन्छ ।’ तर, यही कुरा एउटा पुरुषले भन्न सक्छ ? वा महिलामाथि यस्तो प्रश्न गर्ने अधिकार दिइन्छ ?

गृहशोभाबाट भावनुवाद