स्मृतिमा श्रीमान् थुलुङ

साउन ०९, २०७७

एटुजेड अनलाइन खबर


पोखरा, साउन ९ : गायक, संगीतकार एवं गीतकार श्रीमान् थुलुङको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ पोखरामा एक समारोहबीच विमोचन गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले “स्मृतिमा श्रीमान थुलुङ” नाम सो स्मृति ग्रन्थको विमोचन गर्दै स्मृति ग्रन्थले श्रीमान् थुलुङको सम्झना गराइरहने बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं कास्की सह–इञ्चार्ज श्रीनाथ बराल, पूर्वाञ्चल सेवा समाज, कास्की अध्यक्ष गोपाल खड्का, स्मृति ग्रन्थ प्रकाशन समिति संयोजक डीबी राई, अनुज कुलुङ, किराँत सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र राई, संरक्षक डा. लक्ष्मीप्रसाद राई, त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक नवराज बराल, प्रकाशन समिति सम्पादक अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले थुलुङको व्यक्तित्वको स्मरण गरे । यस्तै, स्मृति राई, संगीता राई र उमेश राईले थुलुङको सम्झनामा गीत सुनाए ।

स्मृति ग्रन्थ बिक्रीबाट बचत रकम सङ्गीतको क्षेत्रमा अगाडि बढ्ने सङ्गीतकर्मीलाई सम्मान गरिनेछ । ग्रन्थमा ४६ जनाले लेख लेखेका छन् । उनको २०७५ चैत २८ मा दुर्घटनामा परी निधन भएको थियो ।