टाइसन फेरि बक्सिङमा ‘कमब्याक’ गर्दै

साउन ०९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, साउन ९ : कुनै बेला बक्सिङ्गका राजा भनेर चिनिने माइक टाइसन आफ्नो समयको प्रख्यात बक्सर थिए। ५४ वर्षीय उमेरमा उनी बक्सिङ्ग जगतमा फेरि फर्कदैं छन् । सन् १९८६ मा टाइसन बक्सिङ जगतमा इतिहासकै सबैभन्दा कान्छा हेभिवेट चैम्पियन बन्न सफल भएका थिए। उनको उमेर त्यसबेला २० वर्ष रहेको थियो।

आफ्नो समय सबैभन्दा डरलाग्दा बक्सर टाइसनले सन् २००५माआफ्नो दोश्रो स्ट्रेट फाइट हारेपछि बक्सिङ छाडेका थिए। टायसनले पहिलो १९ खेल नकआउटमा जितेका थिए । सन् १९९० र सन् २०००को पूर्वाद्र्धमा उनी विश्वमै सबैभन्दा प्रख्यात बक्सरको रुपमा स्थापित हुन सफल भएका थिए। अन्ततः सन् २००५मा उनले बक्सिङलाई छाडेका थिए।

तर, अहिले १५ वर्षपछि उनले आफ्नो प्रशंशकहरुलाई सरप्राइज दिन लागेका छन्। उनले ५४ वर्षको उमेरमा फेरि बक्सिङमा जगतमा फर्कंदै छन्। १५ वर्षपछि हेभिवेट च्याम्पियन टायसनको आउँदो सेप्टेम्बर १२ मा पहिलो खेल रहेको छ।