पत्नीका १४ प्रेमीलाई पतिले पठाए नोटिस, सय करोडको मुआब्जा माग !

साउन १०, २०७७

एटुजेड अनलाइन खबर


भारत, साउन १० : भारतको कोलकतामा एक पुरुषले आफ्नी पत्नीका १४ प्रेमीहरुलाई नोटिस दिएर सय करोडको मुआब्जा मागेको विषय अहिले चर्चाको विषय बनेको छ ।

भारतीय मिडिया नव भारतटाइम्समा प्रकाशित समाचारका अनुसार पश्चिम बङ्गालको कोलकताका एक पुरुषले आफ्नी पत्नीले १४ पर पुरुषसँग सम्बन्ध बनाएको थाहापाएपछि उनीहरु सबैविरुद्ध मानहानीको मुद्धा दायर गर्दै सय करोड माग गरेकको उल्लेख गरीएको छ ।

नोटिसमा पत्नीका ति १४ प्रेमीहरुलाई दुई साताभित्र सो रकम नदिए कानुनी कारवाहीमा जाने उल्लेख गरिएको बताइएको छ ।

ति पुरुषलाई आफ्नी पत्नीको पर पुरुषसँग सम्बन्ध रहेको शंका भएपछि उनले यस बारेमा अनुसन्धान गरेका थिए । उनले यस कामका लागि आफ्ना ड्राइभरलाई लगाएका थिए । ड्राइभरले जासुसी गर्दै १४ जनाको सुची तयार गरेका थिए ।

१४ जनाको सुची तयार भएपछि उनले सबैलाई विवाहित रहेको थाहा हुदा हुदै र मेरो बारेमा जानकारी हुदा हुदै मेरी पत्नीसँग सम्बन्ध बनाएर मेरो वैवाहिक जीवन बर्बाद गरेको भन्दै सो नोटिस पठाएको उल्लेख गरिएको छ ।

उनले दुई साताको समय दिएर रकम भुक्तानी गर्न अन्यथा कानुनी कारवाहीको लागि तयार रहन चेतावनी समेत दिएको मिडिया रिपोर्टमा उल्लेख गरीएको छ ।