थप १०९ काेराेना संक्रमण पुष्टि

साउन १०, २०७७

मन्जु गाैतम


काठमाडाै‌ं, साउन १० : शनिबार थप १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार ५३ जना निको भएका छन् ।