निको हुनेको संख्या १३ हजार नाघ्यो

साउन १०, २०७७

मन्जु गाैतम


काठमाडाै‌ं, साउन १० :  पछिल्लो २४ घन्टामा १ सय ६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार हालसम्म  नेपालमा  १३ हजार ५३ जना निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।