आस्थाकाे आक्रोश

साउन १०, २०७७

केशवराज गाैतम


काठमाडाैं, साउन १० : नेपाली सांगीतिक क्षेत्रको अवस्था दयनिय बन्दैछ । संगीतलाई नै कर्म ठानेर निरन्तर काम गरिरहेका कलाकारहरु विस्थापित हुँदै गर्दा जबरजस्ती गायक–गायिका बनेकाहरुको बाहुल्यता बढ्दै गएको छ । संगीत सिकेर भन्दा पनि भाइरल हुने सोचका साथ आउने कलाकारका कारण धेरै कलाकार ओझेलमा पनि परेका छन् ।

गायिका आस्था राउतले पनि यस्तै गायक–गायिकाहरुप्रति आक्रोश पोखेकी छिन् । उनी लेख्छिन्–‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ । अटो ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसकिने ?’

आस्था अगाडि लेख्छिन्–‘युटुबबाट डलर त आउला तर म्यूजिकल ज्ञान कहाँबाट छाउला । हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ, के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ?’