थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि,

साउन १७, २०७७

एटुजेड अनलाइन


काठमाडाै‌ं, साउन १७ : पछिल्लो २४ घन्टामा सात हजार ७४ जनाको आरटि पिसिआर परीक्षण गरिएको छ । सोमध्ये तीन सय १५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ९३ जना डिस्चार्ज भएका छन्। यो संगै डिस्चार्ज हुनेको संख्या १४ हजार चार सय ९२ पुगेको छ ।