फेरि बढ्यो सुनको मूल्य

भदौ २५, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, भदाै २५ : बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।