‘के मा चित्त दुख्यो मया लै’ बजारमा

भदौ २५, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, भदाै २५ : गत बर्षको सुपरहिट गीत ‘तिम्रो मायाको’ अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्ष लोकदोहोरी कोसेली ‘के मा चित्त दुख्यो मया लै’ लिएर आएकी छिन् ।
चर्चित सर्जक शिव हमालको लय तथा शब्द, मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको नृत्य रहेको उक्त म्यूजिक भिडियोमा अजय रेग्मीले छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ ।

सदाबहार लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको दोहोरी गीत ‘के मा चित्त दुख्यो मयालै’ एक्सिस् इन्टरटेन्मेन्ट युट्यब च्यानलबाट (भिडियो सहित) बजारमा सार्वजनिक भएको हो ।