नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो

भदौ २५, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, भदाै २५ : पछिल्लो २४ घण्टामा देशभर एक हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा काेराेना संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेकाे बताएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा आठ हजार १० रहेका छन् भने होम आइसोलेशनमा छ हजार ४३८ जना रहेका छन् ।

यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार सातसय पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ। आठ लाख बढीको पीसीआर परीक्षण हुँदा कोरोनाले मृत्यु हुनेको संख्या भने ३१७ पुगेको छ । कोरोनाबाट आज थप ५ जनाको मृत्यु भएको छ।