संविधान दिवस: घर घरमा राष्ट्रिय झण्डा फहराउन सरकारको आह्वान

भदौ २५, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, भदाै २५ : सरकारले असोज २, ३ र ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ । सो दिवसमा सबैलाई हर्षोल्लासका साथ घर घरमा राष्ट्रिय झण्डा फहराउन पनि सरकारले आह्वान गरेको हो ।

सञ्चार मन्त्रालयले २२ बुँदे निर्णय सार्वजनिक गर्दै दूरसञ्चार प्राधिकरणलाई दूरसञ्चार सेवा प्रदायकबाट ‘संविधान दिवस (राष्ट्रिय दिवस) हर्र्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने नाराहरु एसएमएस पठाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

त्यसै गरी सरकारले संविधान दिवसका अवसरमा दूरसञ्चार सेवा प्रदायकहरुलाई दूरसञ्चार शुल्कहरुमा विशेष छुट दिने प्याकेज लगायतका अन्य प्याकेज ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणलाई भनेको छ ।