६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

भदौ ३१, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, भदौ ३१ : बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको पराकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

बिहानीपख भूकम्प आउँदा मानिसहरू घरबाहिर निस्किएका थिए ।भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।