केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

माघ २९, २०७६

एटुजेट अनलाइन खबर


नयाँ दिल्ली, माघ २९ : आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले आठ स्थानमा मात्र विजय हासिल गरेको थियो ।

यसअ सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले तीन स्थान जीतेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जीतेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुबै चुनावमा खातासमेत खोल्न सकेन ।