अमेरिकाको कामदार भिसा खुल्ला

फागुन १७, २०७६

एटुजेट अनलाइन खबर


काठमाडौं, फागुन १७ : नेपालीको मात्र होइन संसारभारी धेरैजसो अमेरिका जाने सपना बनाएर बसेका हुन्छन। त्यतिमात्र होइन विद्यार्थीहरूको समेत पहिलो रोजाई अमेरिका नै हुने गर्दछ । अब भने कामकै लागि अमेरिका जान पनि पाइने भएको छ ।

संयुक्त राज्य अमेरिकाले कामदार भिसा खुल्ला गरेको छ। एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ । अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ ।

नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ । उक्त भिसाको नतिजा पनि ३१ दिनमै आउने छ । आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक दिइसकेकाे हुनुपर्ने र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् । भिसा आवेदन दिनका लागि मात्र १० अमेरिकी डलर खर्च लाग्ने छ ।

उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो प्रकृया अघि बढाइएको सुचनामा उल्लेख गरिएको छ । अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुकाे लागि पहिलोपटक अनलाइनमार्फत रजिस्ट्रेशन दिन लागेको हो।

याे पटक ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा खुलाइएको छ । त्यस्तैगरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा खुलाइएको छ । यद्यपि अमेरिकामै मास्टर्स डिग्री गरेकाहरु पनि ६५ हजारको कोटामा आवेदन दिनसक्ने सुचित गरिएको छ ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।