-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
जनकपुरधाम, असाेज १ : कोरोना संक्रमणको बढदो अवस्थालाई दृष्टिगत गर्दै आज (बिहीबार) जनकपुरमा ४० बेडको सुविधा सम्पन्न आइसोलेसन बनाइएको छ । जनकपुरधाम–७ भ्रमरपुराचोकस्थित राम जानकी आधारभूत प्राथमिक विद्यालयमा आइसोलेसन बनाइएको हो ।
महेन्द्र नारायण निधि मेमोरियल अस्पताल र सानो पाइलाको संयुक्त सहकार्य एवं वडा नम्बर–७ को सहयोगमा सो विद्यालय भवनमा आइसोलेसन निर्माण गरिएको हो । राम जानकी प्राथमिक विद्यालयमा बिजुली, पानी लगायतको व्यवस्थापन सहित सुविधा सम्पन्न आइसोलेसन बनाइएको नेबिसंघका बिद्यार्थी नेता सुजित मिश्रले जानकारी दिए ।
उनले भने,‘कोरोना संक्रमणको अवस्था अहिले समाप्त भएको छैन । लामो दूरीको यातायातका साधनहरु समेत सञ्चालनमा आइसकेकोले भोलीको दिनमा संक्रमित बढ्नसक्ने अवस्था आउन सक्छ, जनकपुरमा यस्तो लेभलको आइसोलेसन पनि छैन् । त्यसैले हामीले यी र यस्ता अवस्थाहरुलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर निर्माण गरेका छौं ।’
कोरोनाको महामारी बढ्दै गएपछि महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले छुट्टै आइसोलेसन बनाएको हो । आइसोलेसनमा बस्ने संक्रमितहरुका लागि विद्युत्, खानेपानी र शौचालयको समुचित व्यवस्थापनका साथ वाइफाई समेत जडान गरिएको मिश्रले जानकारी दिए ।