काठमाडौंमा ५०७ सहित उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

असोज ०१, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज १ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०७ , भक्तपुरमा ५० र ललितपुरमा ६१ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरुष, भक्तपुरमा २९ महिला र २१ पुरुष, ललितपुरमा ३१ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको छ । बुधबार काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी उपत्यकाका ७३७ कोरोना भाइरस संक्रमित थपिएका थिए ।

मंगलबार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ गरी देशभर ६७६ कोरोना भाइरस संक्रमित थपिएका थिए । सोमबार काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी देशभर ५१२ कोरोना भाइरस संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना गरी ५९७ कोरोना संक्रमित थपिएका थपिएका थिए । शनिबार काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका थिए ।