उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार ६६१ पुग्यो

असोज ०१, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज १ : राजधानी उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना भाइरसका संक्रमितको संख्या १३ हजार ६६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार काठमाडौंमा ११ हजार २३९ जना, भक्तपुरमा एक हजार १३६ र ललितपुरमा एक हजार २८६ जना संक्रमित छन् ।

यसैगरी उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ६३६ जना छन् । जसमध्ये काठमाडौंमा पाँच हजार ६०५, भक्तपुरमा ५५७ र ललितपुरमा ४७४ जना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेका छन् भने ४१ हजार ७०६ जना कोरोना मुक्त भएका छन् ।

बुधबार काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी उपत्यकाका ७३७ कोरोना भाइरस संक्रमित थपिएका थिए । मंगलबार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ गरी देशभर ६७६ कोरोना भाइरस संक्रमित थपिएका थिए । सोमबार काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी देशभर ५१२ कोरोना भाइरस संक्रमित थपिएका थिए । आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना गरी ५९७ कोरोना संक्रमित थपिएका थपिएका थिए । शनिबार काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका थिए ।