थप ४ जनाको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३

असोज ०१, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज १ : नोभेल कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमण बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जनाको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।