आजबाट लामो दूरीका सवारी साधन तथा आन्तरिक उडान सञ्चालन

असोज ०१, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज १ : आजबाट लामो दूरीमा सवारीसाधन सञ्चालन हुने भएका छन् । सरकारले गरेको निर्णय अनुसार आजबाट लामो दूरीका सवारीसाधन पनि सञ्चालनमा आउने भएका हुन् ।

लामो दूरीमा सवारी साधन सञ्चालन गर्दा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् । सिट क्षमताको ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइनेछ ।

त्यसैगरी आजैबाट आन्तरिक उडान पनि सञ्चालन हुनेछ । आन्तरिक उडानमा पनि ५० प्रतिशतमात्रै यात्रु राख्न पाइनेछ । एकातिरको पंक्तिको सिटमा एकजना मात्रै, मास्क र भाइजर अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।

यसैबीच, काठमाडौंमा भने जोर विजोर प्रणाली लागु भएको छ । कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा जोर विजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

सरकारले ६ महिना पछि लामो दूरीका सवारी साधान तथा आन्तरिक उडान सञ्चालन गर्न आजबाट खुला गरेको हो ।