‘टीभीएस दशैँको आशा’ स्किमको पहिलो विजेता छनोट

असोज १७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज १७ : टीभीएस दशैँको आशा योजनाअन्तर्गत पहिलो साताको विजेता छनोट भएका छन् । गोलाप्रथा माध्यमबाट बालाजुका अमृतजंग सिटौलाले अपाचे आरआर ३१० जितेको घोषणा गरियो । यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्‍ने छैन ।

योजनाअनुसार मोटरसाइकल खरिदमा नगद ९ हजार र स्कुटरमा ७ हजार रुपैयाँ नगद छुट कम्पनीले दिएको छ ।

यस्तै ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।