चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

असोज १७, २०७७

एटुजेड अनलाइन खबर


भरतपुर, असाेज १७ : चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैंडा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा शुक्रबार मृतावस्थामा गैंडा फेला परेको हो । गैंडा एक/दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए ।

गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको थियो । निकुञ्जमा चालु आर्थिक बर्षमा मात्र चार गैंडाको मृत्यु भैइसकेको जनाइएको छ ।