विजयको ‘सम्बन्धहरू’ बजारमा

असोज १७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज १७ : लेखक तथा पत्रकार विजय कुमारको दोस्रो पुस्तक ‘सम्बन्धहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता ‘खुशी’का लेखकको यो दोस्रो कृति हो ।

यो सिर्जनात्मक गैरआख्यान शैलीमा लेखिएको पुस्तक हो । फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले नोवेल कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका कारण पुस्तक विमोचन कार्यक्रम नगरिएको बताए ।