इरफानको चिहानको विषयलाई लिएर पत्नीको आलोचना

असोज १८, २०७७

एटुजेड अनलाइन खबर


मुम्बई, असाेज १८ : बलिउड अभिनेता इरफान खानको निधन पश्चात उनका फ्यान तथा आफन्त पीडाबाट बाहिर निस्कन पाएका छैनन् । न्यूरोएण्डोक्राइन ट्यूमरका कारण गत अप्रिलमा इरफानको निधन भएको थियो ।

हालै कलाकार चन्दन राय सान्यालले उनको चिहानको एक तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए । इरफानको चिहानको तस्बीर हेरेपछि उनका फ्यान निकै भावुक बने ।

तस्वीरमा इरफानको चिहान निकै खराब हालतमा देखिएको छ । जसमा दुखः दर्शाउदै मोनिका मुखर्जी नामक प्रशंसकले इरफान पत्नी सुतापा सिकदरलाई चिहानको हालतको जिम्मेवार भनेकी थिइन् ।


प्रशंसक मोनिकाको कमेन्टमा इरफान पत्नी सुतापा सिकदरले जवाफ लेखेकी छन्, महिलालाई चिहान (कब्रिस्तान)मा जाने अनुमति हुदैन । त्यसैले मैले रातकी रानी फूल इगतपुरीमा लगाएको छु । जहाँ उनको स्मृति पट्टिका समेत लागेको छ । त्यहि मैले उनको अन्य उनका मनपर्ने सामाग्री समेत विर्सजन गरेको छु । त्यस स्थानमा म कसैको रोकटोक बिना घण्टौं बस्न सक्छु । उनको आत्मा त्यहि छ । तर यसको मतलब यो होइन उनको चिहानलाई त्यतिकै छाडिदिउ । बर्षामा जंगली झार उम्रिन्छन् । चिहान आसपासका ति झार मलाई सुन्दर लागे ।

सुतापाको यस जवाफले इरफानका धेरै फ्यान उनीप्रति नतमस्तक भएका छन् ।