हालाण्डको उत्कृष्ट प्रदर्शनमा डर्टमण्डको शानदार जित

असोज १८, २०७७

एटुजेड अनलाइन खबर


सुडान, असाेज १८ : जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार  जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा फ्राइबर्गलाई ४-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले फराकिलो जित निकालेको हो ।

डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै इम्री कान र फेलिक्स पास्लकले एक/एक गोल गरे । खेलको ३१औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा कानले गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए । खेलको ६६औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा फेलिक्सले गोल गर्दै डर्टमण्डलाई ४-० को सहज जित दिलाए ।

जितसँगै डर्टमण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमण्डले ३ खेलमा २ जितसहित ६ अंक जोडेको छ । फ्राइबर्ग ३ खेलमा ४ अंक जोडेर ११औं स्थानमा रहेको छ । एजेन्सी