काठमाडौंमा १८८८ सहित उपत्यकामा २२८३ संक्रमित थपिए

असोज २६, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज २६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा दुई हजार २८३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ कोरोना संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा ७५५ महिला र ११३३ पुरुष, ललितपुरमा १२६ महिला र १५१ पुरुष र भक्तपुरमा ५४ महिला र ६४ पुरुष रहेका छन् ।

आइतबार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० गरी एक हजार ४१६ कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा देशभर चार हजार ४७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।