अक्षय अभिनित ‘सूर्यावंशी’ आगामी गणतन्त्र दिवसमा रिलिज हुन सक्ने

असोज २६, २०७७

एटुजेड अनलाइन खबर


मुम्बई, असाेज २६ : अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यावंशी’ २०२१ को गणतन्त्र दिवसमा अवसरमा रिलिज हुने भएको छ । दिपावलीमा रिलिज मिति तोकिए पनि सबै हलहरु खुल्ने यकिन नभएपछि चलचित्रको रिलिज मिति पुनः एकपटक पछि सारिएको हो ।

त्यसपछि क्रिसमसमा रिलिज हुने अनुमान लगाइएको थियो । तर उक्त मितिमा रणवीर सिंह अभिनीत ‘८३’ रिलिज हुने निर्माण कम्पनी रिलायन्स इन्टरटेन्मेन्टले पुष्टि गरेको छ । यसकारण ‘सौर्यवंशी’ का निर्देशक रोहित शेठ्ठी र अभिनेता अक्षय कुमार यसको रिलिज अर्को वर्षको गणतन्त्र दिवसको बिदामा गर्ने योजनामा छन् ।

यसअघि ‘सौयवंशी’ क्रिसमसमा र ‘८३’ गणतन्त्र दिवसमा रिलिज गर्ने सोचिएको थियो । तर दुबै चलचित्रको बजेट, विधा र अर्को महत्वपूर्ण पाटो दुबै चलचित्रका लगानीकर्ताहरुको विचार अनुरुप पुनः चलचित्रको रिलीज मितिमा हेरफेर गरिएको हो ।

रिलायन्स इन्टरटेन्मेन्ट यी दुबै चलचित्रको रिलिज अर्को वर्षको मार्चभन्दा पहिला नै गर्न चाहन्छन् ।  यस चलचित्रमा अक्षय कुमारका साथै कट्रिना कैफ, अजय देवगन र रणवीर सिंहको पनि मुख्य भूमिका रहेको छ । बलिउड हंगामा