मिस यूनिभर्स नेपालको एप सार्वजनिक

असोज २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज २७ : मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत इच्छुक महिलाहरुलाई सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको छ ।

ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. का फाउण्डर र २०१७ को मिस यूनिभर्स नग्मा श्रेष्ठले ए.पि. वान एच् डिको कार्यक्रम “द नग्म्याटिक शोू मार्फत उक्त एप सार्वजनिक गरिन् ।

यस मिस यूनिभर्सका विजेताले १० लाख नगद उपहार प्राप्त श्रेष्ठले बताईन । नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि रहेको उनले बताईन ।

यस प्रतियोगितामा सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ । पछिल्लो ५ हजार प्रतियोगीका लागि १ हजार र देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको जनाइएको छ ।