चेन्‍नइद्वारा हैदरावादलाई १६८ रनको लक्ष्य

असोज २७, २०७७

एटुजेड अनलाइन खबर


यूएई, असाेज २७ : यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत चेन्‍नइ सुपर किङ्सले सनराइजर्स हैदरावादलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्‍नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो ।

चेन्‍नइका लागि शेन वाट्सले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै अम्बिती रायडुले ४१ रन जोड्दा श्यम करन ३१, महेन्द्र सिंह धोनी २१ र रवेन्द्र जडेजाले २५ रनको योगदान गरे ।

बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा, अहमेद र थङ्गारसुन नटराजनले समान दुई–दुई विकेट लिए । मंगलबारको खेलमा दुबै टोली जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा छन् । हैदरावाद जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा छ ।

लिगमा ७ खेल खेलेको हैदरावाद तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ । हैदरावाद तालिकाको पाँचौ स्थानमा रहेको छ । यो सिजन लिगको उपाधि जित्ने योजनामा रहेको हैदरावाद पछिल्लो तीन खेलमा दुई खेलमा पराजित छ भने एक खेलमा जित निकालेको छ ।

हैदरावादलाई आजको खेलमा सहज जितको अपेक्षा छ । किनभने लिगमा आफूलाई बलियो बनाई राख्न हैदरावादलाई आजको खेलमा जित आवश्यक छ ।

यता साविक विजेता चेन्‍नइलाई आजको खेलमा जित निकाल्नै पर्नै दबाब छ ।

चेन्‍नइ लिगमा ७ खेल खेल्दै ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ । चेन्‍नइलाई अघिल्लो चरण प्रवेसका लागि सम्भावना जोगार्य राख्न आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ ।